लम्की : कैलालीको लम्किचुहा नगरपालिकामा छुट्टा छुट्टै वडा भित्र लम्किचुहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लेखिएका भवन रहेका छन | वार्ड न २ भल्का को प्रशासकीय भवन र वार्ड नं ७ को स्वास्थ्य केन्द्र मा यस्तो लेखिएको छ |
कुनैपनि पालिका मा १ वटा प्रशासकीय भवन अर्थात् पालिका को कार्यपालिका रहने व्यवस्था रहेको छ | र कार्यपालिकाको कार्यलय भन्ने बित्तिकै आम भाषामा प्रशासकीय भवन बुज्ने गरिन्छ | तर यहाँ ७ न वार्ड मा रहेको उक्त स्वास्थ्य केन्द्रमा १ बर्ष पहिले देखिनै यस्तो लेखिएको हो |
भवन बनाउदाको समयमा उचित तरिकाले अनुगमन नगर्नु र स्वास्थ्यमा कार्यरत कर्मचारीलाई कार्यपालिकाको कार्यालय शव्दको अर्थ नै थाहा नहुनु यस्को कारण हुने स्थानीय वासिन्दाको भनाइ छ | प्रथामिक स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य केन्द्र को नाम लेखिनुपर्ने मा यस्तो लेखिएको छ |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0