कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्किचुहा ९ प्रतापपुरमा आज मटकाफोर कार्यक्रम संचालन हुदै

लम्की : कैलालीको लम्किचुहा नगरपालिका वार्ड न-९ मा रहेको गो अहेड युथ क्लबले कृष्ण जन्म अष्टमीको अवसरपारी आज प्रतापपुर को खुल्ला मैदानमा मटकाफोर कार्यक्रम संचालन गर्न लागेको छ |

बिज्ञापन

क्लबका अध्यक्ष नृप बहादुर बिस्टका अनुसार आज भुइँ मटका, आकासे मटका, महिला व्हील चेअर, बुढा बुढी रिले दौड जस्ता बिभिन्न खाले कार्यक्रमहरु हुनेछन : बिजेतालाई क्रमस नगद रु.१०००, ५०००, १००० र १००० दिइने जानकारी गरेका छन |

त्यस्तै कार्यक्रममा सहभगिता जनाउन चाहनेहरुले भुइँ मटकाको रु. ३०, आकासे मटकाको लागि प्रति ग्रुप रु.२०५ , महिला व्हील चेअर रु. ५० र बुढा बुढी रिले दौड रु.३० को दरले प्रवेश शुल्क तिरेपछि सहभागी हुन सक्नेछन |

बिज्ञापन
No data was found

लम्किचुहा ९ वार्ड अध्यक्ष राम प्रसाद चौधरीको प्रमुख अतिथित्वमा संचालन हुने उक्त कार्यक्रम आज बिहान ११ बजे देखि संचालन गरिनेछ | वार्ड को आर्थिक सहयोग मा संचालित उक्त कार्यक्रममा लम्किचुहा क्षेत्रका ५०० जना सम्म को सहभागिता रहने अनुमान गरिएको छ |

बिज्ञापन
No data was found

आज सुरुहुने उक्त कार्यक्रम यदी आजै अन्तिम चरण सम्म न पुगेमा पुन भोलि पनि निरन्तरता दिइनेछ भन्दै डाइमण्ड अनलाइन भिजन संग कुरा गर्दै अध्यक्षले जानकारी दिएका हुन् |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0