कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

Facebook
Twitter
WhatsApp

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ।  

बिज्ञापन

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्।  

निर्वाचन कार्यालयका अनुसार प्रमुखमा दावी गरेका मध्ये दुईजनाको उम्मेदवारी भने रद्द भएको छ। यसरी उम्मेदवारी रद्द हुनेमा नेपाली काँग्रेसका भक्तबहादुर थापा र नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावल रहेका छन्। उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए।

बिज्ञापन

गठबन्धनले प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवारअघि सारेपछि सकारात्मक र नकारात्मक दुवैखाले चर्चा भैरहेका छन्। कतिपयले दुवै पदमा महिलाको उम्मेदवारीलाई राम्रो भनेका छन् भने कतिपयले महिलाले नगरपालिका हाक्ने कुरामा आशंका व्यक्त गर्ने गरेका छन्।  

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0