कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहामा प्रा.वि तह दरखास्त शुल्क ४ हजार १ सय तोकेपछि..

Facebook
Twitter
WhatsApp

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ बामनपुरको राष्ट्रिय माध्यमिक विद्यालयले करार राहतको प्राथमिक शिक्षक भर्ना गर्न खोलेको विज्ञापनमा  ४ हजार १ सय दरखास्त दस्तुर तोकेको हो । 

बिज्ञापन

फागुन २९ गते प्रकाशित सूचनामा चैत ५ गतेसम्म योग्याता पुगेको उम्मेदवारले दरखास्त दिने उल्लेख गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक रामगुलाम चौधरीका अनुसार यसअघि करार सूचिको उम्मेदवारको दरखास्त माग गरे पनि कसैको आवेदन नपरेकाले खुला विज्ञापन गरिएको हो ।

बिज्ञापन

आवेदन दस्तुर निकै बढी तोकिएको विषयमा अघिल्लो पटक पनि शिक्षक भर्ना गर्दा विद्यालयलाई १८ हजार घाटा लागेकाले यो पटक बढी तोकिएको तर शुल्कमा पुनर्विचार गर्न व्यवस्थापन समितिको बैठक बसिरहेको चौधरीले जानकारी दिए  ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0