लम्की : कैलाली को लम्किचुहा नगरपालीका प्रमुख तथा मेयर महादेव बजगाईं ले आउदै गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन् आज राजिनामा दिएका छन |
नगरपालिकामा आज पत्रकार सम्मेलन राख्दै उहाले आफ्नो राजिनामापत्र उप प्रमुख टिका थापा लाई बुझाउनु भएको हो | उहाले ३० गते आउदै गरेको निर्वाचनमा पार्टीले आफुलाई टिकट दिएपछि आफु उमेदवार लड्नको निम्ति पद बाट राजिनामा दिएको बताउनुभयो |
मैले ५ बर्षे कार्यकालमा धेरै कामहरु गरेको छु र केहि बाकी छन | बाकी काम को पूर्णता दिन फेरी पनि लम्किचुहा बासी लाई मलाई मतदान गर्नुहोला भन्दै आग्रह समेत गर्नुभएको छ |
उहाले भोलि आफ्नो मनोनयन निर्बाचन अधिकृत सामु दर्ता गरेपछि जनता माझ जाने र सबैले फेरी मलाई जिताउनुहुनेछ भन्ने आश राखेको बताउनुभयो |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0