कैलाली को लम्की चुहा नगरपालिका मा ५ बर्ष को कार्यकाल मा ५० करोड रकम बेरुजु महालेखा परिक्षक को प्रतिवेदनले देखेको छ |
२०७४ को निर्वाचनमा नगरप्रमुख को रुपमा महादेव बजगाई निर्वाचित हुनुभएको थियो | उक्त नगरपालिकामा उहाको पहिलो आर्थिक बर्षमै अर्थात आ.व. २०७४/०७५ मा २ करोड बेरुजु भएको छ |

यसैगरी आ.व. २०७५/०७६ मा ९ करोड जस अन्तर्गत आर्थिक कार्यमा कागजात नमिलाई ३ करोड खर्च भएको देखिन्छ | त्यस्तै २०७६/०७७ मा १० करोड ३२ लाख ८६ हजार बेरुजु रकम निकासी भएको छ |
बिज्ञापन
No data was found
उक्त रकममा पनि ८७ लाख रुपैया कागजमा नै पेश नगरी निकासी भएको छ | त्यस्तै आ.व.२०७७/०७८ मा १० करोड, आ.व.२०७८/०७९ मा पनि १० करोड नै देखिन्छ |
बिज्ञापन
No data was found
यसरी सबै रकम हेर्दा झन्डै ५० करोड को हाराहारीमा बेरुजु रकम देखिएको खबर आजको हाइव टाइम्स दैनिकी पत्रिकामा छापिएको हो |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0