कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहा न. पा. कि युवतीहरु लागूऔषधको कुलतमा फस्दै

मंसिर अन्तिम साता कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गर्‍याे। लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ थकालिपुरबाट पक्राउ परेका ५ जनामध्ये दुई युवती थिए।

बिज्ञापन

जानकी गाउँपालिका–३ की १९ वर्षीया सविना चौधरी र बर्दियाको गुलरियाकी १७ वर्षीया मुस्कान बिकलाई लागूऔषधसहित पक्राउ गरिएको थियो। 

सोजमा धनगढीबाट लागूऔषसहित महिला पक्राउ परिन्। डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीय आशा बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा कोठाबाटै लागूऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको थियो। 

बिज्ञापन

फागुन पहिलो साता धनगढीमा प्रहरीले लागूऔषधसहित युवतीलाइ पक्राउ ग¥यो। धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित गौरीगंगा नगरपालिका–४ बस्ने २६ वर्षीया देउमती साउदलाई पक्राउ गरिएको थियो। 

बिज्ञापन

यी उदाहरण मात्रै हुन्। पछिल्लो समय कैलालीमा लागूऔषध सेवन र ओसारपसारमा महिलाको संलग्नता बढ्दो क्रममा छ। अधिकांश १७÷१८ वर्षे किशोरीहरु साथीको लहलहैमा लागेर लागूऔषध सेवन गर्ने गरेको पाइएको हो। विगतमा लागूऔषध सेवनमा संलग्न पुरुष मात्रै सुधार केन्द्रमा हुने गरेका थिए भने अहिले महिलाहरुलाई पनि राख्ने गरिएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0