कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहा-६ मा, १ महिना देखि कल्बट बनाउन खनेको खाल्डो : जस्ताको त्यस्तै

लम्की : कैलालीको लम्किचुहा नगरपालिका वार्ड नं. ६, गुलरा र स्याउले को बीच भागमा कल्बर्ट बनाउन को लागि आज भन्दा १ महिना पहिले पुरानो कल्बर्ट भत्काएर खनेको खाल्डो अहिले सम्म उस्तै छ |

बिज्ञापन

15 मार्च अर्थात् चैत्र १ गतेका दिन उक्त नयाँ कल्बर्ट निर्माण गर्ने भनि निर्माण योजनाको इस्टिमेट बनाएको र नापजाँच गरि रोडमा रहेको पुरानो कल्बर्ट भत्काई नयाँ कल्बर्ट को लागि खाल्डो खनिएको थियो |

प्रदेश सरकार को प्रदेश पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत उक्त कल्बर्ट लम्किचुहा ६ स्याउलेमा पर्ने गरी पुरानो इट्टा भट्टी जाने बाटोमा पूर्व पश्चिम राजमार्ग संगै उत्तर तर्फको लागि निर्माण गर्ने भनि खाल्डो खनिएको हो |

बिज्ञापन
No data was found
कल्बर्ट बनाउन राजमार्ग संगै खनिएको खाल्डो

“चुनाव को माहोल नजिकिदै गर्दा हाम्रो आँखामा छारो हाल्ने प्रयास मात्र हो, न भए ५ बर्ष सम्म यी जनप्रतिनिधि कहाँ थिय ? जो ऐले यसरी भएको कल्बर्ट नै भत्काएर महिनौ देखि हामीलाई कुलाबट हिड्न बाध्य बनाउदै छन | कल्बर्ट बन्ने छाटकाट हामी देख्दैनौ सायद यो चुनावी नारा होला ” भनेर एक जना स्थानीयले हाम्रो संवाददातालाई जानकारी दिनुभएको छ |

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0