लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.- ८ मा आज एक कार्यक्रमका बीच वडामा दर्ता रहेका बिभिन्न कृषि फर्म, सहकारी र कृषि समुहका किसानलाई लक्षित् गरी तरकारी को बिउ वितरण गरिएको छ |
काक्रा, लौका, भिंडी, बोडी, चिचिन्डा, करेला, फर्सी, टमाटर र गोलभेडा आदि का बिभिन्न खाले मौसमी र बेमौसमी तरकारी को विउ वितरण गरिएको हो |
वडामा रहेका किसानले तरकारी फलाउन र तरकारी किन्न बाट मुक्त भै अर्गानिक तरकारीको सेवन गरुन र आसपास का वडा लाई समेत बेची बाहिरको तरकारी आयातमा रोक आवस भन्ने उदेश्य का साथ तरकारी वितरण गरिएको वार्डअध्यक्ष पूर्ण बहादुर बिस्ट ले कार्यक्रम मा भन्नुभयो |
एक कार्यक्रम का बीच सुरु गरिएको उक्त सभामा वार्ड अध्क्षय पूर्ण बहादुर बिस्ट, सदस्यहरु जय प्रसाद देवकोटा, विशेश्वोर उपाध्याय, कर्मचारीहरु र वार्ड का किसानको उपस्थिती रहेको थियो | सदस्यहरु जय प्रसाद देवकोटा को मन्तव्य संगै सुरु भएको उक्त कार्यक्रमको समापन वार्ड अध्यक्ष बिस्ट ले गर्नुभएको छ |
कार्यक्रम संचालक तथा वार्ड सचिव दिपक देवकोटाका अनुसार १००० जना किसान लाई दिने भनिएकोमा ७५० लाई बितरण गरिएको र बाकी रहेका किसानले वार्ड कार्यालयमा आइ विउ लग्न समेत सक्नेछन् | साथै उपस्थित किसानलाई १ दिने तरकारी खेति को तालिम समेत वार्डले नि:शुल्क दिएको थियो |