लम्की: कैलालीको लम्किचुहामा बसको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेको समयमा बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागिल लम्की स्थित लालरत्न अस्पतालमा लागिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लाई विष्टलाई नेपालगञ्ज मेडीकल कलेज कोहोल्पुर रिफर गरिएको थियो । घाईते बिष्टको उपचारको क्रममा कोहोल्पुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाइ ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लगेको छ ।
स्रोत : रेडियो पश्चिम आवाज