कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्की चुहा स्थित भस्केको राजमार्ग एक बर्ष देखि उस्तै

लम्की : कैलाली को लम्किचुहा न.पा.१० चुहा बजार नजिकै महेन्द्र राजमार्ग भस्केको १ बर्ष बित्दा समेत जस्ता को तेस्तै अवस्थामा छ |

बिज्ञापन

गत वर्षको बर्खा समयमा पानी ले भत्काएको पूर्व पश्चिम राजमार्ग अहिले सम्म पनि मर्मत नभएको स्थानीय भन्नुहुन्छ |

भस्केको ठाउँ देखि १०० मिटरको दुरिमै वडा न १० को वडा कार्यालय छ, तर स्थानीय निकायको कुनै ध्यान छैन | आसपास का बिग्रिएको क्षेत्र मा मर्मत र कालोपत्रे भैसक्यो तर यो खाल्डो मा कसैको ध्यान गएन |

बिज्ञापन

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म जाने गाडीहरु अहिले यो ठाउमा पुगेपछि १ तर्फी बाट मात्र पास हुने गर्दछन | भित्र भाग भासीसकेको जस्तो देखिन्छ कतै दुर्घटना हुन्छ कि भन्ने पिर रहेको स्थानीयको भनाई छ |

बिज्ञापन

रोड बिभाग का मानिसहरु पनि यो बाटो हेर्न हप्ता हप्तामा यो खाल्डो नजिककै को पुल साफ गर्न आउंछन् तर उनीहरुले पनि चासो न देखाय जस्तो लाग्छ |

यस्तै भैरहेमा यो पटकको बर्खाले पुरै नै भत्किएको देख्न समते बेर छैन | सायद निकायले यहि घडीको पो प्रतिक्षा गरेको हो कि ? हामी नि सोच्न बाध्य छौ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4