चालू आर्थिक वर्षमा सबैभन्दा बढी विपदका घटना कैलालीमा भएका छन् ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा चालू आर्थिक वर्षमा एक सय पाँच विपदका घटनामा दुई पुरुष र चार महिला गरि छ जनाको मृत्यु भएको थियो भने चार जना वेपत्ता र २३ जना घाइते भएका छन् ।
विपदका घटनामा कैलालीमा ८५ घर पूर्ण रुपमा र २० घरमा आंशिक क्षति पुगेको छ । विपदका घटनामा कैलालीमा सात करोड २५ लाख ४० हजार रुपैया मूल्य बराबरको भौतिक संरचनामा क्षति पुगेको आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
विपदका घटनाबाट प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति डोटी जिल्लामा भएको छ । डोटीमा २९ वटा विपदका घटनामा १३ पुरुष र चार महिला गरि १७ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता र २९ जना घाइते भएका छन् ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0