वातावरण संरक्षण समाजद्रारा लम्कि बहुमुखी क्याम्पसमा समुह गठनसम्पन्न भएको छ । उक्त कार्यक्रममा बातावरण सम्बन्धित जनचेतनामुलक सन्देश तथा अभिमुखीकरण संबन्धित कुराहरुलाई सिकाईएको थियो | वातावरण संरक्षण समाजका अध्यक्ष प्रबिण आचार्य को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथितिमा क्याम्पस प्रमुख अम्बर रावल र विशिष्ट अथितिमा लगनशील युवा भुवन तिमिल्सेना रहनुभएको थियो । अपेक्षा कुवारको संयोजकमा गठित समुहमा सह-संयोजक प्रदीप प्रसाद न्यौपाने रहनुभएको छ । सदस्यमा कल्पना उपाध्याय, पार्वती तिमिल्सेना , खुस्बु भट्टराई, धर्मराज जैशि, विशाल देवकोटा, जगत बिष्ट र पबित्रा पाण्डे गरि ९ जनाको समुह गठन भएको छ ।
कार्यक्रममा वातावरण संरक्षण समाजका अध्यक्ष प्रबिण आचार्यले अहिले देखा परेको वायु प्रदुषणको असर मानव क्रियाकलाप बाटै भएको र यहि क्षेत्रको अहिले कै परिवेश हेर्दा कर्णाली नदीबाट भैरहेको ,ढुङ्गा ,गिटि , वालुवा जस्ता जैविक विविधता अतिक्रमण बड्दो रहेको र स्थानीय सरकार लगाएत वातावरण सम्बन्धि बिभागहरुले खासै चासो नदेखिएको बताउनु भयो । यसलाइ नियन्त्रण गर्न तपाईं हामि सबैको महत्त्वपुर्ण भुमिका रहेको जानकारी गराउदै कर्णाली नदिको उत्खनन छिटै नियन्त्रणमा ल्याउन स्थानीय सरकारलाइ दबाब दिनु पर्ने तपाईं हामी यो अतिक्रम नियन्त्रणमा लाग्नु पर्ने जानकारी गराउन भएको थियोे ।
