संसारमा यति धेरै किताबहरु छन् कि जुन पढेर कहिल्यै सकिदैन । किताबमा रमाउने मानिसहरु सायदै कमै भेटिने गर्छन् । तर किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ ।
किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्छ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने गर्दछ ।
नियमित किताब पढ्ने व्यक्तिको आयु पनि लामो हुन्छ । Social Science र Medicine मा २०१६ मा प्रकाशित एक अनुसन्धानको नतिजाले यस्तै बताउछ । किताब पढ्ने व्यक्ति आफ्नो स्वाथ्यलाई कसरी तन्दुरुस्त राख्ने र आफ्नो दिमागलाई कसरी ताजा राख्ने भन्ने कुरामा जानकारी योग्य हुन्छन् ।
अनुसन्धानमा ३६ सय व्यक्तिको पढ्ने बानीमाथि अध्ययन गरिएको थियो । अमेरिका स्थित Yale University School of Public Health ले गरेको उक्त अनुसन्धानले दिनहुँ कम्तिमा ३० मिनेट किताब पढ्ने व्यक्तिको आयु २ बर्ष लम्बिन सक्ने बताउछ । त्यस्ता व्यक्तिहरु चाडै मर्ने सम्भावना अरु व्यक्तिको तुलनामा २३ प्रतिशतले कम हुन्छ । तर, पत्रपत्रिका या म्यागजिन पढेर, किताब नै पढ्नुपर्छ ।
अनुसन्धानकर्ता तथा बिशेषज्ञहरुका अनुसार, नियमित किताब पढ़नाले दिमाग सधै सक्रिय रहन्छ, निर्णय गर्ने क्षमता बढ्छ, सकारात्मक सोचमा बृदी हुन्छ, राम्रा बानीको विकास हुन्छ । यसले गर्दा ऊ मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन सक्छ र आयु लामू हुन्छ ।
किताब पढ्दा जिन्दगीमा आउने परिवर्तनहरु :
१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !
३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
६, आमा-बुबाको मूल्य बुझिन्छ !
७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !
८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !
१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !
१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !
१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !
नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।