कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

विजय शाहीले आफैले फिँजाएको रहेछन आफू मरेको हल्ला

Facebook
Twitter
WhatsApp

आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाही आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कालिकोट का डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए । प्रहरीका अनुसार शाही कालिकोट  महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै  भेटिएका छन्।

प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए। उनले पछिल्लो समय निकै  तनाव भएका कारण  आफूले मरेको हल्ला फिँजाएको  स्विकार गरेका छन्।

बिज्ञापन

सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको जस्तो देखिन्छ । यस्तै सेतो कपडा समेत ओढाइएको देखिन्छ ।

बिज्ञापन

विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका उनलाई प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं.५ स्थित घरमा आइसकेका छन् । ‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0