कोभिडको जोखिमका कारण बन्द भएका विद्यालय फागुन १ देखि सञ्चालनमा आए । काठमाडौ उपत्यका सहित मुलुकभरका विद्यालय आजवाट खुलेका छन् ।
बुटवलमा विद्यालय खुलेकै दिन विद्यार्थी बोकेको गाडी दुर्घटनामा परेको छ । विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो । ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो ।
चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठो क्का एर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0