कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

विद्युतीय उपकरणको प्रयोगले के बालबालिकालाई असर मात्रै गर्छ ?

२०२१ मा अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार मोबाइल चलाउने भन्दा पनि नचलाउने बालबालिकाको वृद्धि विकास सामान्य तवरमा भएको पाइएको छ ।

बिज्ञापन

तथापी मोबाइल या ल्यापटपले किशोरकिशोरीको नयाँ विषय प्रतिको खोजमा भने सिर्जनशिलता ल्याएको छ । सोहि अध्ययनअनुसार बालिबालिकाले मोबाइलमा सर्वाधिक प्रयोग गर्ने भनेको भिडियो गेम र सामाजिक संजालका विभिन्न प्ल्याटफर्म छन् ।

जसमा उनीहरुले घण्टौंसम्म समय खर्चिन्छन् । आफ्ना दैनिक क्रियाकलाप गर्न भुल्छन् । रिसाउँछन् । जसले बालबालिकालाई मात्रै नभएर अभिभावकलाई समेत असर गरिरहेको पाइएको छ । 

बिज्ञापन

मनोविद् भन्छन्- ‘बेलैमा मोबाइल र इन्टरनेटप्रति सजग नभए यसले बालबालिकामा विकाराल अवस्था सिर्जना गर्छ । जसले गर्दा हाम्रा सम्बन्धित निकायहरु सचेत रहन् जरुरी छ ।’कुनैपनि वयस्क या वृद्ध मानिसहरुकै पनि नजिक भएका वा लत लागेका कुरालाई एक्कासी दुर गर्दिनुले उनीहरुलाई सान्त्वना मिल्नुको सट्टामा झन् मानसिक रुपमा सिथिल बनाउँछ । बालबालिकाको जस्तो कलिलो मस्तिष्कमा अभिभावकको अल्लारे निर्णयले कस्तो प्रतिफल देला ? जबकी त्यी बालबालिकाहरुलाई त खाना खादाँ होस् या खाजा खाँदा मोबाइल नै चाहिरहेको हुन्छ ।

बिज्ञापन

सन् २०२१ मा ब्रिटेनका स्वास्थ्य मन्त्रीसँगै विज्ञहरुले समेत बालबालिकालाई दुईघण्टा भन्दा ज्यादा मोबाइल चलाउन नदिने निर्देशिका नै जारी गरेका दिए । उक्त समयमा मोली रसेल नामकी किशोरीको आत्माहत्याको कारण इन्स्टाग्रामलाई मानिएको थियो । जहाँ ब्रिटेनकी प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक साली डेभिसले उक्त घटनालाई दुखान्त भन्दै केही बालबालिका अनुचित सामग्रीसम्म पुगिरहेको स्पष्ट भएको बताएकी थिइन् । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0