कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

विद्युत् प्राधिकरणको गाडीको ठक्करबाट बालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–१० मुसहर्नियास्थित लोकमार्गमा ओभर स्पिडका कारण अनियन्त्रित भई नेपाल विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका धनगढीमाई नगरपालिका–१० बस्ने किसनबहादुर तामाङका ११ वर्षीय छोरा नरेशबहादुर तामाङलाई उपचारको लागि लाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

गाडीमा सवार नेपाल विद्युत प्राधिकरण हेटौडा, भरतपुर बर्दघाट २२० के.भी. प्रसारण लाइनका आयोजना प्रमुख नरेश कुमार खड्का सख्त घाइते भएको प्रहरीले जनाएको छ । घाइते प्रमुखको छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

मृतक तामाङको शव लहान अस्पतालमा राखिएको परिवारजनले बताए ।  

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0