कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

विद्युत प्राधिकरणमा झन्डै साढे ३ सय जनाको जागिर खुल्यो !

नेपाल विद्युत प्राधिकरणमा झन्डै साढे तीन सय जनाको जागिर खुलेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको हो।

बिज्ञापन

प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो। अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो।

इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0