कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

विराटनगरमा अवतरण हुन नसकेपछि फर्कियो बुद्ध एयरको जहाज, अहिले काठमाडौंको आकाशमै

बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ। 

बिज्ञापन

आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।

त्यसपछि जहाज काठमाडौं फर्किएको हो। जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको छ।

बिज्ञापन
No data was found

काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन। त्रिभुवन विमानस्थल स्रोतले उक्त जहाजलाई काठमाडौंमा अवतरण गराउने प्रयास भइरहेको जनाएको छ।  

बिज्ञापन
No data was found

‘पाइलटले प्राविधिक समस्या आएको बताएका छन्। हामीले अरू उक्त जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास गरिरहेका छौं,’ विमानस्थल स्रोतले भन्यो। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0