कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

शनिबार पछाडि युवती राखी मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरीले रोकेपछि

Facebook
Twitter
WhatsApp

 कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो।

बिज्ञापन

उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए।

ट्राफिक प्रहरीका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय भने खुलेन। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0