कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त

Facebook
Twitter
WhatsApp

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

बिज्ञापन

सकेसम्म आजै बेलुकासम्ममा शपथ गराउने तयारी भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए। गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्।

तर, सर्वाेच्च अदालतले सोमबार देउवालाई राष्ट्रपति नियुक्त गर्न परमादेश जारी गरेको थियो। देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0