कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

श्रीमानको हत्या: प्रेमीसँग मिलेर

Facebook
Twitter
WhatsApp

प्रेमी र साथिसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । श्रीमानको हत्यापछि महिलाले श्रीमानको शव कुवामा फाल्दिएकी थिइन्

बिज्ञापन

र त्यसमाथि रुख रोपदिएकी थिइन् ।यो घटना भारतको एमपीको हो । गत ६ अगस्टमा महिलाले आफ्नो श्रीमानको हत्या गरी प्ररीकोमा आफैँ गएर श्रीमान हराएको उजुरी दिइन् । केस अदालतसम्म पुग्यो ।

प्रहरीले विशेष सूचनाबाट ११ महिनाबाट गायब भइरहेका पुरुषको पहिले नै हत्या भएको पत्ता लगायो ।अनुसन्धानका क्रममा उनको शव गाडिएको भन्ने खुलेपछि प्रहरीले शव खोजेका थिए ।

बिज्ञापन

११ महिनाअघि नै गाडिएको शवको माथि महिलाले रुख रोपेकी थिइन् । प्रहरीले शव निकाल्न जाँदा त्यो बिरुवा रुख भइसकेको थियो ।प्रहरीले ती पुरुषको कंकाल फेला पारेको छ । प्रहरीले आरोपित महिलालाई पक्राउ गरेको छ ।

बिज्ञापन

अनुसन्धानका क्रममा उनले प्रेमी र साथिहरुसँग मिलेर हत्या गरेको र शव व्यवस्थापनका लागि क्राइम पेट्रोलबाट आइडिया लिएको बताएकी छिन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0