कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

संसद बैठकमा किसानले मल नपाएको विषयमा छलफल चल्दै गर्दा कृषी मन्त्री मस्तसँग घुरे, तस्विर भाइरल

Facebook
Twitter
WhatsApp

नेपालको संसद बैठक चलिरहँदा नेताहरु निदाउनु कुनै नौलो कुरा रहेन अब ।

बिज्ञापन

यसअघि पनि नेपालका बृद्ध नेताहरु संसद बैठकमा नै निदाएर घरेका समाचारहरु बिर्सिन नपाउँदै कृषिमन्त्री महेन्द्रराय यादव निदाएर पुराना खबरहरुलई ताजगी गराइदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका तस्विरहरु समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

बिज्ञापन

मुख्य विषय मलमा छलफल चलिरहँदा नै कृषी मन्त्री निदाउनु कहाँसम्मको लज्जाको विषय हो यो ।

बिज्ञापन

प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा कृषिमन्त्री महेन्द्रराय यादव घुर्न पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेपछि सुरु भएको छलफलमा नै कृषिमन्त्री यादव निदाएपछि उनी मल ल्याउने विषयमा कति चिन्तित रहेछन् भन्ने कुरा पनि उजागर हुन पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण सोधिरहँदा मन्त्री यादव भने आफ्नै तालमा मस्तराम हुन पुगेका थिए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0