कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

संसद विघटन र चुनाव घोषणा स्वागतयोग्य : राप्रपा सांसद लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भएपनि यो उपयुक्त कदम भएको उल्लेख गरे ।

बिज्ञापन

धानमन्त्री र राष्टपतिको कदमबारे पार्टीले आधिकारिक धारणा नबनाएको भएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको अवस्थामा र सरकार बनाउन कसैले बहुमत पु¥याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उनको भनाई छ । 

उनले भने–‘अहिलेको संसदले प्रभावकारी ढंगले काम नगरेको अवस्थामा र सरकारका लागि कसैले बहुमत नजुटाएको अवस्थामा यो अवश्यम्भावी थियो । विधी प्रक्रियाको कुरा एउटा ठाउँमा छ  तर अहिले संसदको जुन विकृत अवस्था देखिएको थियो, अब नयाँ प्रणालीका लागि निर्वाचनमा जानुपर्छ ।’

बिज्ञापन
No data was found

उनले अहिले भइरहेको महामारीको परिस्थितिमा निर्वाचन गर्न केही जटिलताहरू हुने समेत बताए । उनले पहिलो प्राथमिकता महामारीलाई दिनुपर्ने भएकोले निर्वाचनको परिस्थिति राम्रो नभएपनि अहिलेको राजनीतिक निकाय चुनाव वाहेक अरु हुन नसक्ने उल्लेख गरे ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0