युट्यबुर ह्याकस्थिमले हालै आफ्नै पूरानो रकेर्ड भङ्ग गर्दै संसारकै सबैभन्दा चम्किलो एलइडी फ्लास टर्चलाइट बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् पनि उनको त्यो किर्तिमानको पुष्टि गरेको छ ।
उनले तयार गरेको नाइटब्राइट ३०० नामक एलइडी टर्चलाइटमा ३० सय भन्दा एलइडी बल्ब राख्न सकिन्छ ।
खास नाम जेम्स हबसन रहेका क्यानेडाली युट्युबर ब्लाकस्मिथले यसअघि हलिउड फिल्म स्टारवार्समा प्रयोग भएको काल्पनिक प्रोटो लाइट्सएबर (चम्किलो लेजर तरबार) लाई यथार्थमा निर्माण गरेर पनि रेकर्ड कायम गरेका थिए ।
जेम्सको युट्युब च्यानलको नाम ह्याकस्मिथ हो। उनले हालै जुन किर्तिमानी टर्च लाइट बनाएका छन् त्यसको चमक ५०१०३१ ल्यूमेन छ । यो हालसम्मकै धेरै चम्किलोपना रहेको टर्च लाइट हो ।
सामान्य भाषामा बुझ्दा हालसम्म बजारमा उपलब्ध सबैभन्दा शक्तिशाली फ्लासलाइट मा १८ वटा सम्म एलइडी राखिएको हुन्छ र त्यसको चम्किलोपना १ लाख ल्यूमेन हुन्छ । त्यस्तै फुटबल रंगशालामा फ्लडलाइट्स अधिकतम २ लाख ५० हजार ल्यूमेन क्षमताको हुन्छ ।
स्मरण रहोस् यसअघि पनि साम शेफर्ड नामका एक युट्युबरले ७२ हजार ल्यूमेन क्षमताको एक एलइडी मेगा टर्च बनाएका थिए ।
ब्लाकस्मिथले बनाएको एलइडी लाइट फुटबल रंगशालाको फ्लडलाइट भन्दा पनि दोब्बर चम्किलो छ । उनको यो लाइट यति चम्किलो छ कि त्यसमा फुटबल खेल नै सम्भव हुनेछैन । बढि प्रकाशका कारण त्यहाँ खेलाडिहरु तथा बल नै प्रष्ट देखिनेछैन ।