कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले दुईजनालाई टिकट दिएको पाइएपछि आधिकारिक्ता विवाद देखिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई टिकट दिएको पाइएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नगरको मेयरका लागि शुशीला शाहीलाई टिकट दिएपछि आधिकारिकता विवाद देखिएको हो।
उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका छन्। आफुलाई आधिकारिकरुपमा मेयरको टिकट आएको शाहीले दावी गरिन्। यस्तै थापाले पनि पार्टीका तर्फबाट आफू नै आधिकारिक उम्मेददवार भएको दावी गरे। ‘आधिकारिक उम्मेदवार म हुँ। प्रदेश समितिले मेरो नाममा निर्णय गरेका छ। उहाँ (शुशिला शाही)ले केन्द्रीय सभापतिको हस्ताक्षर भएको लेटर प्याडमा कहाँबाट उम्मेदवारी ल्याउनु भयो थाहा भएन्।’ उनले आफूले उम्मेदवारी समेत दर्ता गराइसकेको बताए।

कांग्रेस लम्की चुहाका सभापति ईन्द्र कुँवरले भने यस विषयमा आफूलाई कुनै जानकारी प्राप्त नभएको बताए। उनले मुलुक प्रेससँग भने ‘हिजो पार्टीका तर्फबाट भक्त थापाले टिकट पाएको भन्ने सुनेको र आज शुशिला जिलाई पनि टिकट दिइएको भन्ने सुनेको छुँ। यस विषयमा मलाई खासै केही थाहा छैन्। र आधिकारिक केही आएको छैन्।’ तर उनले पार्टीका तर्फबाट केन्द्रले पठाएको आधिकारि हुने संकेत गरे। उनले पार्टीको केन्द्रले गरेको निर्णयअनुसार हुने बताए।
कांग्रेस नगर सचिव ललित देउवाले आधिकारिकरुपमा नगर कार्यसमितिमा बोदार्थपत्र नआएको बताए। उनले समितिलाई बोदार्थपत्र आउनु पर्ने हो। अहिलेसम्म कसैको पनि पत्र दर्ता हुन आएको छैन्। बाहिर हल्ला सुनिएको छ। हामी हल्लाको पछि लाग्ने कुरा भएन। उम्मेदवारी दर्ताको पक्रिया शुरु भएको छैन।

यस विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले भने केन्द्रले पुनः बिचार गरेको हुन सक्ने बताए। ‘हामीले प्रदेशबाट निर्णय गरेर जिल्ला सभापतिहरूलाई दिएका हौँ। अब केन्द्रबाट पनि टिकट गएको छ भने केन्द्रले पुनः बिचार गरेको होला। तर गरेको हो या होइन भन्ने विषयमा पनि आधिकारिक छैन्’।
महानगर र उपमहानगर बाहेक पालिकाको टिकट दिने अधिकार कांग्रेसको प्रदेश समितिलाई छ। तर महामन्त्री खड्काले भने यस बिषयमा कहिले केन्द्रले पनि हेर्न सक्ने र टिकट दिन सक्ने बताए। प्रदेशलाई भएको अधिकारमा केन्द्रले दिएपछि हस्तक्षप भएको भन्न नमिल्ने उनले बताए।
अहिले टिकट पाएका दुबैजनाबीच छलफल भइरहेको छ। दुई जनामध्ये को ब्याक हुने भन्ने विषयमा टुंगो लागेको छैन्।यति बेला भक्त थापा को उम्मेदवारी दर्ता भैसकेको छ भने सुशीलाको छलफलकै क्रममा रहेको छ