लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड न ६ मा रहेको श्री त्रिवेणी ग्रामिण बिद्धुत सहकारी संस्था ले मनोमानी ढंगले रकम असुली गरिरहेको छ |
बिद्धुत सहकारी को नियमअनुरुप २० गते देखि ३० गते भित्र बिद्धुत महसुल बुझाउनेलाइ जरिवाना लागदैन अझै भन्नुपर्दा कतिपय सहकारीले समयमा बिद्धुत महसुल बुझाउनेलाई छुट दिने गरेको पाइन्छ |
तर पालिकाको गुलरामा रहेको उक्त सहकारीले मनोमानी ढंगले जरिवाना र जरिवाना को समेत व्याज लगाउने गरेको भेटिएको हो | हाम्रै कार्यालयमा बिधुत खपत बाफतको विवरणबाट यो कुरा प्रस्टहुन्छ कि सहकारीले कत्तिको मनपरी गर्दै छ भन्नेकुरा :
तल को बिल हेर्नुहोस : २०७९ बैशाखमा बुझाउनुपर्ने रकम ११०४ थियो : जसमा हामीले ११०५ भुक्तानी गरि रु. १ बचेको देखिनुपर्ने मा उल्टै ८० पैसा फिर्ता लेखेको छ : र उक्त बिल बैशाख २१ गते भुक्तानी गरेको र कुनै जरिवाना नभएको प्रस्टछ :
अब एकपटक यो बिल पनि हेर्नुहोस जेठमा बुझाउनुपर्ने रकम १०२५ रुपैया ७० पैसा थियो : जसमा हामीले १०२५ भुक्तानी गर्यौ | अब बैशाखको बचेको ८० पैसा मिलान गर्दा अझै १० पैसा बचेको देखिनुपर्ने मा उल्टै ५४ रुपैया ३० पैसा फाइन थप गरिएको पाइयो |
अब असारको मीटर रिडिङ रसिद हेर्दा उक्त फाल्तुको फाईनमा ७५.०३ प्रतिशत व्याज लगाई पुरानो बाकी रकम भन्दै ७२.३७ रुपैया थप गरिएको छ :
यसरी जनताले सन्चालनमा ल्याएको सहकारीभित्र मनपरी ढंगले असुली गरेको यो जल्दोबल्दो प्रमाण हो | अर्कोकुरा प्रति युनिट ८ रुपैयाँ भएको ठाउमा लाखौ युनिट खपत गरेपनि रकम दशमलवमा आउदैन तर यो संस्थामा महसुल रकम भित्र पैसा थपी-थपी लगेको प्रस्ट देखिन्छ |