कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

समानुपातिकतर्फ ४८ राजनीतिक दलले पेस गरे बन्दसूची

आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ।

बिज्ञापन

आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।

पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए भने दोस्रो दिन ४४ दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले जानकारी दिए। 

बिज्ञापन

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

बिज्ञापन

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४० दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन्।


आयोगले आजदेखि असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्नेछ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0