Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

समानुपातिकमा एमालेको अग्रता कायमै, नेकपा ए.स. राष्ट्रियदल बन्ने संघर्षमै

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।

बुधबार बिहान ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

बिज्ञापन

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

बिज्ञापन

एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४७ हजार ९२४ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

स्थानीय चुनावमा जम्मा नेपालको मतदाता संख्या, हेर्नुहोस्

निर्मला भण्डारी

चुनाव अवधिमा सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?

निर्मला भण्डारी

चैत ५ भित्र स्थानीय चुनाव गर्न आयोगको सिफारिस

निर्मला भण्डारी

Leave a Comment