कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट

 कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन। 

बिज्ञापन

कोरोना सङ्क्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्यो। अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए।

देशभर अक्सिजनको चरम अभाव भएपछि सरकारले जिल्लास्तर सम्मको अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाए। सो बजेटबाट केही अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपनि केहीमा कहिले जडान हुने भन्ने अझै एकीन हुन सकेको छैन।

बिज्ञापन

अहिले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्दै जाँदा कतै पहिले जस्तै अक्सिजनको अभावका कारण नागरिकले ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रास बढ्दै गएको छ।

बिज्ञापन

कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर खरिद तथा प्लान्ट जडानका लागि नागरिक स्तरबाट पनि रकम सङ्कलनको काम भयो। सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि  ७५ लाख अस्पताललाई दियो। पैसा आयो। प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो रु त्यसको कुनै अत्तोपत्तो भने छैन। 

अस्पतालले २०७८ जेठ १७ गते हेल्थ केयर सप्लायर्स काठमाडौँसँग अक्सिजन प्लान्ट जडानका लागि सम्झौता गर्यो । उक्त सम्झौताअनुसार सप्लायर्सले ३० दिनभित्र अक्सिजन प्लान्ट जडान गरिसक्नुपर्ने थियो। त्यो समयसम्म सप्लायर्स नै सम्पर्कमा आउन सकेन। त्यसपश्चात् अस्पतालले थप चार दिन म्याद थप गर्यो । त्यहाँसम्म पनि अक्सिजन प्लान्ट जडानका लागि जिम्मा पाएको हेल्थ केयर सप्लायर्स बेखबर नै भयो। 

अस्पतालले कुनै पनि विकल्पले काम नगरेपछि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई सम्झौताको म्याद सकिएको र त्यसपश्चात् के गर्ने रु भन्ने विषयमा पत्राचार गरेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए। उनका अनुसार सङ्घीय सरकारले अक्सिजन प्लान्ट जडानका लागि गतवर्ष नै विनियोजन भएको रकम भदौ मसान्तसम्म खर्च गर्नुपर्ने व्यवस्था मिलाए पनि ठेकेदार कम्पनीले साउन मसान्तसम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने आश्वासन दिएको थियो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0