कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सम्पर्क बिहीन विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ ।

बिज्ञापन

बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।

काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । सिलवालले भने– ‘पैदल फौज पनि परिचालन गरिएको छ । तर, लोकेट गर्न सकिएको छैन ।’

बिज्ञापन

मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् । 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0