कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सर्पको टोकाइबाट कसरी जोगिने ?

सर्पले टोकेमा देखिने लक्षण हरु

बिज्ञापन

सर्पले टोकेपछि मानिसहरु आत्तिदा झन बिरामी पर्ने चिकित्सकहरु बताउँछन् । सर्पले टोक्दैमा धेरै नआत्तिई थप उपचारका लागि अस्पताल । सर्पको टोकाइ दुई थरीको हुन्छ । एक थरी टोकाइले रक्तसञ्चारमा नै असर पुर्याउँछ । अर्को थरि टोकाइ भनेको नशासँगै दिमागमा पनि असर पुर्याउने गर्छ ।

विषालु सर्पले टोकेको छ भने आधा घण्टादेखि एक घण्टामै रक्तसञ्चारलाई अवरुद्ध गराउँछ । साथै सर्पले तोकेको आधा, एक घण्टामा शरीरमा विभिन्न भागमा विमिरा आउने, नाक र गिजाबाट रगत बग्ने समस्या देखा पर्ने डाक्टरहरु बताउँछन् । विषालु सर्पले टोक्दा क्रमशः आँखा देख्न छाड्ने, बिस्तारै एउटै मान्छेलाई दुई वटा देख्ने त्यसपछि दिमाग शुन्य हुँदै जान्छ । 

बिज्ञापन

सर्पले टोक्यो भने आत्तिनु हुँदैन । टोक्ने सबै सर्प विषालु हुन्छन् भन्ने हुँदैन । विषालु सर्पले टोक्दा पनि धेरै विष छाड्छ भन्ने निश्चित नहुने । यदि सर्पले टोकेमा  नआत्तिई टोकेको भागलाई नचलाई सिधै अस्पताल लैजानु पर्छ |

बिज्ञापन

सर्पको टोकाइबाट कसरी जोगिने ?

सर्पको टोकाइबाट जोगिन सर्प लुक्न सक्ने दुलोहरु घरभित्र र वरिपरि हुन दिनु हुन्न । सर्प लुक्न सक्ने दुलोमा हात नराख्ने, घर वरिपरि  नियमित सरसफाइ गर्ने, खेतबारीमा कम गर्दा लट्ठी लिएर हिँड्नु पर्छ । साथै जुत्ता, पञ्जा लगाएर खेतवारीको काम गर्ने, काट्नुपर्ने घाँस बाक्लो लामो भई झाडी भएमा पहिले लठ्ठीले झाडीमा हानी अनि मात्रै घाँस काट्नु पर्छ । त्यस्तै, सर्पबाट जोगिन राती सुत्ने खाटमा झुल टाँगेर सुत्नुपर्छ ।

गाउँघरमा मात्रै होइन, सहरमा समेत सर्प देख्ने वित्तिकै मार्न खोजेको देखिन्छ । सबै सर्प हानीकारक नहुने हुँदा सर्प देखेमा मार्ने काम गर्नु हुँदैन । आफूले मार्न खोज्दा सर्पले उल्टै डस्न सक्छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0