कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सर्वोदय बिद्या मन्दिर गप्का मा भोलि नतिजा प्रकाशन तथा सांस्कृतिक कार्यक्रम हुने

लम्की : कैलाली को लम्किचुहा वार्ड न ८ मा रहेको सर्वोदय बिद्या मन्दिर मा वि ले भोलि अभिभावक भेला संगै नतिजा प्रकाशन कार्यक्रम राखेको छ |

बिज्ञापन

उक्त कार्यक्रम मा बिद्यार्थी वर्ग का विभिन्न अतिरिक्त कृयाकलाप को पुरस्कार वितरण संगै सांस्कृतिक कार्यक्रम समेत रहने छ | सांस्कृतिक कार्यक्रम को मुख्य आकर्षणमा देउडा गायिका रेखा जोशी, राजाराम भाट संगै विधार्थी को प्रस्तुति र स्थानीय कलाकार को समेत प्रस्तुति रहनेछ |

कार्यक्रम को रुपरेखा तयार भै सकेको र निमन्त्रणा समेत सबैलाई दिसकेको हुदा कम्तिमा पनि १००० भन्दा माथि को उपस्थित रहने अनुमान गरिएको बिद्यालयका प्राचार्य सुर्य बाहदुर डाँगी ले जानकारी दिनुभएको हो |

बिज्ञापन

उक्त कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ओझा रहनुहुनेछ भने कार्यक्रम को संचालन डाइमण्ड अनलाइन भिजन अनलाइन मिडिया कि समाचार शाखा प्रमुख निर्मला भण्डारी ले गर्नुहुनेछ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0