कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सहमतिमा शारीरिक सम्बन्ध राखेर बलात्कार मुद्दा हाल्ने किशोरीलाई साढे ३ वर्ष जेल सजाय

सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ। 

बिज्ञापन

अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो। ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन्। 

गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो। तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्। 

बिज्ञापन

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो। एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो। तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरजस्ती करणी नगरेको बताएका थिए। बरु किशोरीसँगकै सहमतिमा यौनसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए। 

बिज्ञापन

उक्त दिन किशोरीकै घरमा बास बसेका ती पुरुष आफन्तसहित बिहेको टुंगो नगरी फिरेको खुलेको छ। आफन्तको निधन भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले बलात्कार मुद्दा हालेकी थिइन्। किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि बलात्कार मुद्दा चलाएको बताएकी थिइन्। 

दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ। यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0