कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

साउदी अरबका विदेशमन्त्री नेपालमा

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। विशेष विमानमार्फत् विदेशमन्त्रीसहितको टोली सोमबार साँझ ६:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

बिज्ञापन

परराष्ट्र मन्त्रालयले विदेशमन्त्रीको भ्रमणमा संलग्न प्रतिनिधिमण्डल तथा उनको भ्रमणमा प्रयोग हुने विशेष विमानका चालक दलका सदस्यलाई ‘ग्राटिस भिसा’ (निशुल्क) उपलब्ध गराएको थियो। नेपालस्थित साउदी राजदूतावासले परराष्ट्र मन्त्रालयलाई गत मार्च ११ मा कूटनीतिक नोट पठाएर ग्रिटिस भिसा उपलब्ध गराउन आग्रह गरेको थियो।

सोही नोटको आधारमा परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयसँग समन्यव गरेर ग्रिटिस भिसा उपलब्ध गराएको थियो। साउदी विदेशमन्त्रीको भ्रमणले द्विपक्षीय कूटनीतिक सम्बन्ध र दुई राष्ट्रबीचको मित्रता थप प्रगाढ हुने भएकाले गृह मन्त्रालयले विदेशमन्त्रीको टोलीलाई ग्राटिस भिसा दिने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दियो।

बिज्ञापन

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्काले समकक्षी फैसलसँग मंगलबार भेटवार्ता गर्ने तय भएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0