कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

साउन ३१ बाट ‘होम सेन्टर’मै कक्षा १२ को परीक्षा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा संचालन गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । 

बिज्ञापन

होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने अर्यालले बताए । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

बिज्ञापन

स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेर मात्रै परीक्षा संचालन गरिने उनले जनाए । जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0