कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?

Facebook
Twitter
WhatsApp

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।

बिज्ञापन

विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।

विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ । यस्तो भाडा यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले घटाइएको छ ।

बिज्ञापन

यसअघि असार ३ गते भाडा समायोजन गरेको विभागले न्यूनतम ५.३० प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतले भाडा बढाएको थियो । 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0