कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सालिक राख्नको लागि चिहान भत्काएपछि यस्तो भयो

खोटाङ : खोटाङमा १४ कराेड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाकाे पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विराेध जनाएका छन् ।

बिज्ञापन

त्यहाँ यलम्बरकाे एक सय फिट अग्लाे शालिक राखिँदैछ । १५-२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आ’त्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए ।

चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् । विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणकाे काम अगाडि बढ्न सकेकाे छैन । २ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो ।

बिज्ञापन

पत्रपत्रिकाबाट

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0