कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सिक्कामा सजिए, टिकटमा छापिए

Facebook
Twitter
WhatsApp

नेपाली एक हजारको नोटमा किन हात्तीको चित्र ? कसले किन, हात्ती नै छान्यो होला ? धेरैको मनमा यो प्रश्न हुन सक्छ। हात्तीको चित्र राख्ने प्रस्तावक थिए, संस्कृतिविद् सत्यमोहन जोशी। उनी कागजी नोटमा राखिने चित्र लगायतको डिजाइनको सुझावकर्ता थिए। हजारको नोटमा हात्तीको चित्र राख्दा बढी महत्व हुन्छ भन्ने तर्क संस्कृतिविद् जोशीको भनाइ थियो। 

बिज्ञापन

नेपाली मुद्राको सबैभन्दा ठूलो नोट हजारको भएकाले हात्तीलाई बढी ‘वेट’ दिनुपर्छ भन्ने उहाँको भनाइ थियो– राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने। पछि कतिपय हजारको नोटमा हात्तीको चित्र फरक पर्‍यो। जोशीले नै ‘अफ्रिकन हात्ती’ को चित्र छापिएको भनेर सच्याउन सुझाव दिएको पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। ‘जोशीको भनाइ पछि हात्तीको चित्र सच्याइएको थियो,’ डा. खतिवडाले भने, ‘यस्ता कतिपय घटनामा पुराना गल्तीहरू पनि सच्याउनुभएको थियो।’ 

जोशीले १, २, ५, १०, २०, ५०, १००, ५०० दरका नोटमा राखिने चित्र तथा डिजाइनमा महत्वपूर्ण सुझाव दिएका थिए। जोशीका सुझावले समितिलाई डिजाइनबारे निष्कर्ष निकाल्न सजिलो बनाउने गरेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए। कमिटी गभर्नरको अध्यक्षतामा विभिन्न सरोकारवालासहित ९ जना हुन्छन्। तर, जोशी जत्तिको जानकार भएको व्यक्ति विरलै भएको कार्यकारी निर्देशक नेपालको भनाइ छ।
शताब्दी पुरुष जोशीको नेपाली भाषा, साहित्य, संस्कृतिसँगै मुद्रामा पनि महत्वपूर्ण योगदान रहेको थियो। एउटा साहित्यिक संस्थाले उनको अवदानको कदर गर्दै ०७१ सालमा ९५ वर्षको हुँदा ‘शताब्दी पुरुष’ घोषणा गरी त्यो उपाधिलाई सरकारी स्तरबाट पनि औपचारिक मान्यता दिइयोस्’ भन्ने प्रस्ताव राख्यो। त्यसैअनुसार २१ वैशाख ०७४ मा सरकारले उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिले विभूषित गर्‍यो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0