कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सिटामोलको मूल्य ४५० रुपैयाँ, न बिजुली छ, न डिजेल न मैनबत्ती

श्रीलंकामा अहिलेसम्मकै ठूलो विद्युत कटौती सुरु भएको छ । स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती सुरु गरेको छ ।

बिज्ञापन

मुलुकमा पेट्रोलियम इन्धनको चरम अभाव हुँदा विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको छ । मुलुकमा खाद्यान्न तथा पेय पदार्थको चरम अभाव हुँदा आक्रोशित जनताले गोटाबाया राजापाक्षे सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।औषधि पसल र अस्पतालको अवस्था पनि उस्तै छ ।

देशमा औषधिको अभावका कारण शल्यक्रिया ठप्प भएकाले धेरै बिरामीको ज्यान जाने जोखिम पनि बढेको छ । श्रीलंकाको विद्युत बोर्डले विद्युत उत्पादनका लागि इन्धन नहुँदा यो महिनाको सुरुदेखि गरिएको सात घण्टाको विद्युत कटौती अहिले १० घण्टामा पुगेको जनाएको छ ।

बिज्ञापन
No data was found

श्रीलंकाको ४० प्रतिशतभन्दा बढी विद्युत जलविद्युतबाट उत्पादन हुने अधिकारीहरूले बताएका छन् । इन्धनको अभाव हुनुका साथै वर्षा नहुँदा अधिकांश खोला र जलाशयमा पानी छैन र विद्युत् उत्पादन गर्न कठिन बन्दै गएको छ । श्रीलंकामा धेरैजसो बिजुली उत्पादन कोइला र तेलबाट हुन्छ।

बिज्ञापन
No data was found

श्रीलंका यी दुवै कुराका लागि आयातमा निर्भर छ। तर देशको विदेशी मुद्रा सञ्चिती खाली भएकाले अत्यावश्यक सबै वस्तु आयात हुन सकेको छैन ।यसैबीच, सरकारी स्वामित्वको खुद्रा इन्धन विक्रेता कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले कम्तिमा दुई दिनसम्म देशमा डिजेल नपाइने बताएको छ।

सीपीसीले पेट्रोल पम्पहरूमा लामो लाइनमा तेलको लागि पर्खिरहेका चालकहरूलाई घर फर्कन र इन्धन आपूर्ति भएपछि यहाँ आउन आग्रह गरेको छ। यो वर्षको सुरुदेखि नै पेट्रोल र डिजेलको मूल्य पनि ह्वात्तै बढेको छ । हालसम्म पेट्रोलको मूल्य ९२ प्रतिशत र डिजेलको ७६ प्रतिशतले बढेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0