कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुगरखाल स्वास्थ्य चौकिलाई १५ सैयाको अस्पतालको रुपमा बिकास गर्ने : देबि दत्त उपाध्याय

कैलालीको सुगरखाल स्वास्थ्य चौकिलाई १५ सैयाको अस्पतालको रुपमा बिकसित गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

जिल्लाको मोहन्याल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष देबि दत्त उपाध्यायले बुधबार पदभार ग्रहण गर्दै जिल्लाको पहाडी क्षेत्रमा पर्ने यो गाउँपालिका स्वास्थ्य पुर्वाधारका हिसाबले पछि परेको पाइन्छ ।

आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले सुगरखाल स्वास्थ्य चौकि र पण्डौन स्वास्थ्य चौकि खिमडिलाई १५ सैयाको अस्पतालको रुपमा बिकसित गर्ने पहिलो निर्णय गरेको हुन ।

बिज्ञापन
No data was found

साथै अन्य ६, वटा महत्वपूर्ण निर्णय गरेको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ ।

बिज्ञापन
No data was found
  • .जनयुद्धकालिन घाईते तथा अपांग नागरिकको परिचय पत्रको आधारमा उपचारको ब्यबस्था गर्ने निर्णय पनि गरेको हो ।
  • द्धन्द्धमा घाइते तथा सहिद परिवार र अपांग तथा सिमान्तकृत बिपन्न परिवारका जेहेन्दार बिध्यार्थिलाई उच्च शिक्षा अध्यनको लागि गाउँपालिकाले कोटा निर्धारण गरि निशुल्क अध्यापनको व्यावस्था गर्ने निर्णय गरेको हो ।
  • निशुल्क बालि तथा पशुपंछि र स्वास्थ बिमा कार्यक्रम लागू गर्ने र जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने ब्यबस्था मिलाउने निर्णय गरेको हो ।
  • निशुल्क बाली तथा पसुपंक्षी बिमा कार्यक्रम,
  • ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक हरुलाई सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने ,
  • सडक संजालमा नाजोदियाका बस्ति हरुलाई सडक संजालमा जोड्ने,
  • भूमिहीन दलित सुकुम्मबासी हरुलाई लाल पुर्जा बितरण गर्ने |
  • सहित बेपत्ता पिडित घाइते हरुलाई उच्च शिक्षा को कोटा निर्धारण गर्ने |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0