कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

सुदुरपश्चिमका ३ निर्माण कम्पनीसहित २१ ब्यवसायी कालोसुचीमा

Facebook
Twitter
WhatsApp

सुदुरपश्चिमका ३ निर्माण कम्पनीसहित २१ ब्यवसायी कालोसुचीमा परेका छन्। तोकिएको समयमा काम नसक्ने र योजना अलपत्र पार्ने सुदुरपश्चिमका ३ निर्माण कम्पनीसहित २१ ब्यवसायीलाई कालोसुचीमा परेका हुन् ।

बिज्ञापन

सार्वजनिक खरिद अनुगमन कार्यालयले सुचना जारी गर्दै सार्वजनिक निकायहरुको सिफारिसमा समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सुचीमा राखिएको जनाइएको छ । कालो सुचीमा पर्नेमा कञ्चनपुरको महाकाली गौरब बिल्डर्स प्राली रहेको छ । पथरैया मोहना सिचाँई ब्यवस्थापन कार्यालय कैलालीको सिफारिसमा उक्त प्रालीलाई १ बर्षका लागी कालो सुचीमा राखेको छ।

उक्त महाकाली गौरब बिल्डर्स प्रालीका सञ्चालक प्रमानन्द भट्ट कापडी हुन् ।यस्तै संघिय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन डोटीको सिफारिसमा बझाङ्गको न्यू कालिका निर्माण सेवालाई २ बर्षका लागी कालोसुचीमा राखिएको छ। उक्त निर्माण कम्पनीका सञ्चालक ललित बहादुर बोहरा रहेका छन् ।

बिज्ञापन

यस्तैको डोटीको बडीकेदार गाउँपालीकाको सिफारिसमा डोटीकै भुमिराज रोशन निर्माण सेवालाई १ बर्षसम्म कालोसुचीमा राखिएको छ । सो निर्माण कम्पनीका सञ्चालक छपेशसिंह मल्ल रहेका छन् । कालोसुचीमा परेका निर्माण ब्यवसायी तथा आपुर्तीकर्ताहरुले कालोसुचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनी खरिदको काम कारवाहीमा सहभागि वा भागलिन पाउँदैनन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0