कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिमका सडक मा ८ महिनामा १२९ जनाको मृत्यु

चालू आर्थिक वर्षको ८ महिना अर्थात गत फागुनसम्म मात्रै सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएका छन्। 

बिज्ञापन

जसमा सबैभन्दा बढी पुरुष ९७ जना रहेका छन्। महिला २१, बालक ७ र ४ जना बालिकाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। ८ महिनाकै अवधिमा दुर्घटनामा परी २ सय ९१ जना गम्भीर घाइतेसमेत भएका छन्। उनीहरु अधिकांशको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही उपचारपछि घर फर्किएका छन्। 

चालू वर्षमै दुर्घटनामा परी ४ सय २४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी निरीक्षक सिंहले बताए। ‘यान्त्रीक गडबडीका कारणले गर्दा पनि दुर्घटना हुने गरेका छन्। चालकको कमजोरी पनि एक कारण हो। विशेष गरी सडकको दुराअवस्था छ।’

बिज्ञापन
No data was found

सुदूरपश्चिममा ८ महिनाको अवधिमा ५०५ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। सडक दुर्घटनामै परी २९ चौपाय मरेका छन् भने ७ घाइते छन्। चालू आर्थिक वर्षकै फागुनसम्म ट्राफिक नियम नमान्ने ६३ हजार ८ सय ४३ सवारी कारबाहीमा परेका छन्। जसबाट ३ करोड ५६ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ। 

बिज्ञापन
No data was found

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा प्रत्येक वर्ष दुर्घटना हुने क्रम बढ्दै गएको छ। कतिपय दुर्घटना पैदल यात्रीको कमजोरीका कारण पनि हुने गरेका छन्। ग्रामिण भेगमा मापदण्डविपरीत निर्माण गरिएका सडकमा बढी दुर्घटना हुने गरेका छन् भने पहाडी राजमार्ग भत्किएर क्षतिग्रस्त छन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0