कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिमका सबै सीमा नाका तीन दिनका लागि बन्द

Facebook
Twitter
WhatsApp

 सुदूरपश्चिमका सबै सीमा नाका तीन दिनका लागि बन्द भएका छन्।  ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि भारतसँग सीमा जोडिएको सुदूरपश्चिमका सबै सीमा नाका तीन दिनका लागि बन्द गरिएको हो।

बिज्ञापन

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै २७ वैशाखको राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म सीमा बन्द गरिएको हो। कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगरवारदेखि नै बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गरी २७ गते राति १२ बजेदेखि ३० गते मतदान सम्पन्न नभएसम्म जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको थियो।

बिज्ञापन

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए।

बिज्ञापन

निर्वाचनलाई लक्षित गर्दै प्रदेशकै ठुलो नाका त्रिनगर–गौरीफन्टा पनि बन्द गरिएकाे छ। दुवै देशका सुरक्षा अधिकारीबीच कैलालीमा भएको बैठकले नै यसअघि उक्त निर्णय गरेको थियो।

चुनावमा ७२ घण्टा गौरीफन्टा नाका शिल गर्ने निर्णय भएसँगै मंगलबारदेखि नाका बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘‘अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको ओसारपसार भने रोकिँदैन,’ उनले भने।

कैलालीको खक्रौला नाका लगायत प्रदेशका सबै नाकाहरु बन्द गरिएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0