कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा थप १६ जना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा सोमबार १६ जनाको मृत्यु भएको छ। कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जनाको मृत्यु भएको सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बिज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ हजार ३८५ जनाको नमूना पीसीआर तथा ६२४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

दुवै विधिबाट कूल २ हजार ९ नमूना परीक्षण गर्दा ६१० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

बिज्ञापन
No data was found

पीसीआर विधिबाट परीक्षण गर्दा ४९१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुस्टि भएको छ। 

बिज्ञापन
No data was found

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५२ नमूना परीक्षण गर्दा २७३ जना,  डडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा १४२ नमूना परीक्षण गर्दा ३४ जना र अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १२ हजार ८ सय ७० नमूना परीक्षण गर्दा ३५ हजार ११९ जनामा संक्रमण फेला परेको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0