कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

सुदूरपश्चिममा निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा जरिवाना नलाग्ने

Facebook
Twitter
WhatsApp

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा थप जरिवाना नलाग्ने भएको छ ।

बिज्ञापन

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधी समाप्त भएपनि निषेधाज्ञा अवधिमा थप जरिवाना नलगाउने निर्णय गरेको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले निषेधाज्ञाको अवधीमा कर, दस्तुर तथा शुल्क बुझाउन नपाउने सेवाग्राहीको हकमा जरिवाना छुट गर्ने निर्णय भएकाले सोहीअनुसार कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।

बिज्ञापन

अधिकारीकाअनुसार निजी तथा सार्वजनिक सवारी पूर्ण रुपमा खुलेको मितिले १५ दिनभित्र बुझाउनुपर्ने कर, शुल्क, दस्तुर लगायत कागजात तथा प्रमाणपत्र बुझाएमा जरिवाना लाग्ने छैन । असार मसान्तपछि समेत निषेधाज्ञा कायमै रहेको खण्डमा सो विषयमा पछि नै थप निर्णय गरिने मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0