लम्की : सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प
प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो गएको भुकम्प तथा पराकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार विहानसम्म २७ जना घाइते र एक जनाको मृत्यु भएको जनाइएको हो ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ ।
भुकम्पका कारण भौतिक क्षति प्रदेशका विभिन्न जिल्लामा भएको छ । प्रहरीका अनुसार भुकम्पका कारण ७५ घरहरु पुर्णरुपमा र तीन सय एक घरमा आंशिक क्षति पुगेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।