कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा मात्र जनगणना तथ्याङ्कमा ३ लाख ४६ हजार जना छुटे,

राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ४६ हजार ८३६ जना अनुपस्थित रहेका छन् । जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ । २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष दुई लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ अनुपस्थित रहेका छन् ।

बिज्ञापन

प्रारम्भिक तथ्याङ्क अनुसार कैलालीमा सबैभन्दा बढी एक लाख १० हजार ६५१ जना अनुपस्थित रहेका छन् । यस जिल्लामा अनुपस्थित महिलाको संख्या ३२ हजार ११५ रहेको छ । यो संख्या जिल्लाको कुल जनसंख्याको १२ प्रतिशत हुन आउँछ । यस जिल्लाको कुल जनसंख्या नौ लाख ११ हजार १५५ रहेको जनगणनाको प्रारम्भिक तथ्याङ्कले देखाउँछ । कञ्चनपुर जिल्लामा पुरुष ५० हजार ८६२ र महिला १५ हजार २१६ गरी ६६ हजार ७८ जना अनुपस्थित रहेका छन् । यो संख्या जिल्लाको कुल जनसंख्या पाँच लाख १७ हजार ६४५ को ८ प्रतिशत हुन आउँछ ।

अछाममा ३० हजार ७६१ पुरुष र १३ हजार ८०४ महिला गरी ४५ हजार ५६५ जना अनुपस्थित रहेका छन् । जिल्लाको कुल जनसंख्या दुई लाख २९ हजार ८१६ रहेको छ । यस अनुसार जिल्लाको अनुपस्थित जनसंख्या कुल जनसंख्याको १९.३९ प्रतिशत रहेको छ । डोटी जिल्लाको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या अनुपस्थित रहेको छ । यस जिल्लामा दुई लाख पाँच हजार ६८३ जनसंख्या रहेकोमा २३ हजार ८६२ पुरुष र पाँच हजार २६३ महिला गरी २९ हजार १२५ अनुपस्थित रहेका छन् ।

बिज्ञापन

डडेल्धुरामा १२ हजार ४०० पुरुष र दुई हजार ९४९ महिला गरी १५ हजार ३४९ अनुपस्थित रहेका छन् । यस जिल्लामा एक लाख ३९ हजार ४२० कुल जनसंख्या रहेको छ । जिल्लाको कुल जनसंख्याको ११ प्रतिशत अनुपस्थित छ । बैतडीमा १८ हजार २६९ पुरुष र चार हजार ५२० महिला गरी २२ हजार ७८९ जनसंख्या अनुपस्थित रहेको छ । यो संख्या बैतडीको कुल जनसंख्या २ लाख ४४ हजार ४०० को ९ प्रतिशत रहेको छ । दार्चुलामा ६ हजार दुई सय २३ पुरुष र एक हजार १५५ गरी सात हजार ३७८ जनसंख्या अनुस्थित छ । यो संख्या जिल्लाको कुल जनसंख्या एक लाख ३५ हजार ५६ को ५.४६ प्रतिशत हुन आउँछ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0