कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

सुदूरपश्चिममा यसरी मनाउँछन पुष १५

Facebook
Twitter
WhatsApp

लम्की : सुदूरपश्चिमका बिभिन्न क्षेत्रमा पहाडीसमुदाएले आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाउदै छन ।

बिज्ञापन

आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ।

पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा र ढाक्ने रोटी खाने चलन पनि रहेको छ।

बिज्ञापन

आजको दिन धेरै ठाउँमा वनभोज गर्ने चलन पनि रही आएको छ। यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ। पुस १५ का दिन मनाइने पुषे पन्ध्र पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने चलन रही आएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0